दुई लघुवित्तले पायो एफपीओ निष्कासनको लागि स्वीकृति
वि.सं.२०८१ फागुन २ शुक्रवार ११:१७
shares

काठमाडौं, २ फागुन । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त कम्पनीलाई थप सार्वजनिक निष्कासन (एफपीओ)का लागि स्वीकृति दिएको छ ।
बोर्डले विन नेपाल लघुवित्त र स्वरोजगार लघुवित्तलाई एफपीओ निष्कासनका लागि स्वीकृति गरेको हो । सर्वसाधारण समूहमा ३० प्रतिशत शेयर पुर्याउनका लागि दुई कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।
विन नेपाल लघुवित्तले अंकित मूल्य १ सयका दरले ५१ हजार २९२ कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ छ ।
त्यसैगरी स्वरोजगार लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

















