Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.16K
shares

काठमाडौं, ४ फागुन । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.५६ अंकले बढेर २,६९८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब ४३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा विनलघुवित्त, गुरास लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।