एनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त
वि.सं.२०८१ फागुन ५ सोमवार १३:५१
3.3K
shares
shares

काठमाडौं, ५ फागुन । एनएमबि लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त भएका छन्।
कम्पनीको आइतवार बसेको १६९औँ सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।



















