नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गते सुरु
वि.सं.२०८१ फागुन ७ बुधवार ११:२४
shares

काठमाडौं, ७ फागुन । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको १०औँ संस्करण फागुन ८ गते देखि ११ गते सम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । यो प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् ।
निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने जनाएको छ । यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ९ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन म्याट्रियल, कन्स्ट्रक्सन केमिकल, कन्स्ट्रक्सन मेशिनरी, प्रि फ्याव स्ट्रक्चर, युपिभिसि विन्डो मेशिनरी, युपिभिसि प्राफाइल, डोर्स एण्ड विन्डो, आरटिटेक्चरल हार्डवेयर, बार्थरुम फिटिङ, पाइप, टाइल्स एण्ड सेनिटरी वेयर, रुफिङ, प्रि इन्जिनेरिङ, विल्डिङ, पावर टुल्स, विन्डोज, कन्क्रिट ब्लक मेशिनरी, म्यानुफ्याक्चर्स र आल्मुनियम कम्पोजिट प्यानल्सहरुको उल्लेखनीय सहभागिता रहने जनाएको छ ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले संयुक्त रुपमा विगत ९ वर्ष देखि आयोजना गर्दै आइरहेको प्रदर्शनी यो वर्ष विशेष हुनेछ । यो प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधि प्रमुख आकर्शणमा हुने हामीले विश्वास लिएका छौं । यस प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने जनाएको छ ।
यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहनेछ । साथै नीजिघर बनाउन चाहने, ब्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ । साथै यस प्रदर्शनीको टाईटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स¬) रहेको छ । सहयोगी संस्थाहरु एफसिएन, एससिएइएफ, एसवोएनए र आइडिइए रहेको यो प्रदर्शनी ४ दिन सम्म चल्नेछ भने प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ ।















