Dhulikhel Eco Banner new

एनएमबि हाईब्रिड फण्ड एल – २ को इकाईमा बिहीवारसम्म आवेदन दिन सकिने

1.99K
shares

काठमाडौं, ७ फागुन । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि बिहीवार सम्म आवेदन दिन सकिने भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखीे योजना हो ।

कम्पनीका अनुसार यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा तुलानात्मक रुपमा कम जोखिम हुने गर्दछ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म अर्थात प्रति इकाई १० का दरले १ हजार देखि १२ करोड सम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । फण्डको कुल १२ करोड इकाई मध्य कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पुर्ण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाई र ५८,४४० सर्वसाधारण/संस्थागत लगानीकर्ताहरुबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबद्र्धकलाई आइसिएएनपि–आइआर ए प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई आइआरएएनपि एएमसि क्वालीटी २ रेटिङ प्रदान गरेको छ । यस रेटिङले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने छ ।