एकैदिन प्रतितोला १ हजार १ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ फागुन ७ बुधवार १२:१४
2.7K
shares
shares

काठमाडौं, ७ फागुन । स्थानीय बजारमा बुुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार तोलामा १ लाख ६९ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार १ सयले बढेर तोलामा १ लाख ७० हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९८५ मा कायम भएको छ ।















