रोकिएन नेप्सेको ओरालो लाग्ने क्रम, आज १६ अंकको गिरावट
वि.सं.२०७९ जेठ ३० सोमवार १५:१३
4.8K
shares
shares

काठमाडौं, ३० जेठ । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १६ दशमलव ०९ अंकले घटेको छ । सोमबार नेप्से परिसुचक शुन्य दशमलव ७९ प्रतिशतले घटेर २०३२ दशमलव ०७ बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ३० अंकले घटेको छ । दिनभर भएका २० हजार ७ सय ७४ कारोबारबाट २३० कम्पनीका २९ लाख २० हजार ७ सय ५ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ पुगेको छ ।















