Dhulikhel Eco Banner new

शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.52K
shares

काठमाडौं, १९ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.६२ अंकले बढेर २,८७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १४ अर्ब २८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन उपकार लघुवित्तका लगानीकर्ताले ७.२४ प्रतिशतका दरले गुमाएका छन् भने बाराही हाइड्रोपावरका लगानीकर्ताले ६.७७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ६.६० प्रतिशतका दरले गुमाएका छन् भने भुगोल इनर्जीका लगानीकर्ताले ६.४२ प्रतिशतका दरले गुमाएका छन् ।