दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ फागुन २६ सोमवार १५:२३
shares

काठमाडौं, २६ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २०.६८ अंकले घटेर २,७५१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ३७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा समृद्ध लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।
यसदिन गार्डियन माइक्रो लाइफको लगानीकर्ताले ८.७३ प्रतिशतका दरले कमाएका छन् भने विन नेपाल लघुवित्तका लगानीकर्ताले ८.७३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.०२ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन विकास बैंकका लगानकिर्ताले २.५६ प्रतिशतका दरले कमाउका छन् ।



















