Dhulikhel Eco Banner new

फागुन मसान्तसम्ममा १८ करोड ८२ लाख ५४ हजारको पापड आयात

1.77K
shares

काठमाडौं, ९ चैत । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १८ करोड बराबरको पापड आयात भएको छ । भन्सार विभागका अनुसार सो अवधिमा ७ लाख ८६ हजार ४५७ किलो पापड १८ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरमा आयात भएको हो ।

यसमध्ये भारतबाट १८ करोड ८२ लाख ३५ हजार रुपैयाँको ७ लाख ८६ हजार ३१४ किलो पापड आयात भएको हो । यस्तै चीनबाट १८ हजार रुपैयाँ बराबरको १४३ किलो पापड आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सो परिमाणमा पापड आयात हुँदा १० करोड १३ लाख ३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।