शेयर बजारमा उच्च अंकको वृद्धि, २१० कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८१ चैत ११ सोमवार १५:११
shares

काठमाडौं, ११ चैत । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.५२ अंकले घटेर २,६४५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ४८ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.२९ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा माथिल्लो हेवाखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ४.९२ प्रतिशतका दरले गुमाएका छन् ।

















