Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल

3.03K
shares

काठमाडौं, ११ चैत । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.५२ अंकले घटेर २,६४५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ४८ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफका लगानकिर्ताले सर्वाधिक कमाउका छन् । उक्त कम्पनीको ९.२९ प्रतिशतका दरले बढेको छ ।

यसदिन पोखरा फाइनान्सका लगानीकर्ताले ७.४७ प्रतिशतका दरले कमाएका छन् भने समृद्धि फाइनान्सका लगानीकर्ताले ६.३० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ५.६४ प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स फाइबनान्सका लगानीइकर्ताले ५.२२ प्रतिशतका दरले कमाएका छन् ।