Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

3.22K
shares

काठमाडौं, २७ चैत । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले १३ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले ५ हजार कित्ता बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ८ हजार ५०० कित्ता सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुकले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। सर्वसाधारणले ७ दिन भित्र र संस्थापक शेयधरनीले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ ।