Dhulikhel Eco Banner new

नयाँ वर्ष २०८२ मा सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्न जाने अवसर

4.94K
shares

काठमाडौं, २७ चैत । नयाँ वर्ष २०८२ को अवसरमा नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एस. डि. एले लेबल अप अभियान अन्तर्गत लेबल अप वित सिजी लाइफ हुन्छ इनी नामक उपभोक्ता योजना घोषणा गरेको छ।

कम्पनीका अनुसाार साना घरायसी उपकरण(एस. डि. ए) प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गर्ने जनाएको छ ।

कम्पनीले यो योजना २२ चैत्रदेखि लागू गरिएको बताएको छ । योजनामा सहभागी हुन ग्राहकहरूले सीजी एस. डि. ए उत्पादनहरू खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ जानकारी गराएको छ ।

योजनाका मुख्य आकर्षणहरूका रुपमा कम्पनीले साप्ताहिक पुरस्कारहरूमा ग्राहकहरूले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउने बताएको छ । यसका साथैबम्पर पुरस्कारमा अभियानको अन्त्यमा, सहभागीहरूले थाईल्याण्ड भ्रमण र सिजी मेगौलि शेरैको विलासी यात्रा जित्ने अवसर पाउने समेत जनाएको छ ।

कम्पनीका अनुसार, यो योजना सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको बताएका छन्।

उत्त कम्पनी नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सधैं उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै ग्राहकहरूको विश्वास जित्न सफल रहँदै आएको बताएका छन्। आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर रहँदै, यो योजना नयाँ वर्षलाई विशेष र उत्साहजनक बनाउन तयार गरिएको उत्त कम्पनीले जनाएको छ ।