दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ चैत २७ बुधवार १५:२२
shares

काठमाडौं, २७ चैत । बुधवार शेयर बजारमा दोहोरो अंकले बढेको छ । शेयर बजार १३.९० अंकले बढेर २,६८० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।
यसदिन बोटलर्स नेपाल (बालाजु) का लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् भने सोल्टी होटलका लगानीकर्ताले ४.१७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले ३.५८ प्रतिशतका दरले कमाएका छन् भने इङवा हाइड्रोपावरका लगानीकर्ताले ३.५१ प्रतिशतका दरले कमाएका छन् ।



















