दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ वैशाख २ मंगलवार १५:१४
shares

काठमाडौं, २ वैशाख । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २६.५५ अंकले बढेर २,६८८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ५४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक, विकास बैंक र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।



















