Dhulikhel Eco Banner new

अभियान लघुवित्तमा जागिर खुल्यो , कहिलेसम्म आवेदन दिन सकिने ?

5.1K
shares

काठमाडौं, २ असार । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गर्दै सूचना प्रकाशित गरेको छ ।

कम्पनीले केन्द्रीय तथा शाखा कार्यालयका लागि कर्मचारी आवश्यक भएको भन्दै बिहीवार सूचना प्रकाशित गरेको हो ।

कम्पनीले वरिष्ठ अधिकृत १ जना, कनिष्ठ अधिकृत (सूचना प्रविधि) १ जना, कनिष्ठ अधिकृत केही संख्या, सुपरभाइजर केही संख्या र प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले आज अर्थात् असार २ गतेदेखि १५ दिन भित्र दरखास्त दिन आह्वान गरेको हो ।

कम्पनीले ईच्छुक तथा अनुभवी नेपाली नागरिकले दरखास्त फारम, वायोडाटा, नागरिकता प्रमाणपत्र, फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र सहित आजको मितिले १५ दिनभित्र vacancy=aviyan@gmail=com मा इमेल गर्न वा कम्पनीको केन्द्रीय कार्यालय पनौती ४, काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न आग्रह गरेको छ ।