Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ३ हजार ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.69K
shares

काठमाडौं, २९ वैशाख । स्थानीय बजारमा सोमवार सुनको मूल्य उच्च दरले घटेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार तोलामा १ लाख ९० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ३ हजार ७ सयले घटेर तोलामा १ लाख ८६ हजार ८ सयमा कायम भएको छ ।

त्यस्तै, सोमवार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आइतवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार घटेर १ हजार ९६० रुपौयाँमा कायम भएको छ ।