एनआइसी एशिया लघुवित्तको शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान
वि.सं.२०८२ जेठ २ शुक्रवार १२:४०
2.68K
shares
shares

काठमाडौं, २ जेठ । एनआईसी एशिया लघुवित्तको लुम्बिनी प्रदेश अन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुई दिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ ।
विपन्न वर्गको उत्थान हेतु आयोजित कार्यक्रम वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो । कार्यक्रममा शमसेरगञ्ज शाखा प्रमुख मधु शाह, पशु बिकास अधिकृत पुर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो ।
२८ जना सदस्यहरु उक्त तालिम बाट लाभान्वित भए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

















