Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला १ हजार १ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.67K
shares

काठमाडौं, ९ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार तोलामा १ लाख ९१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार १ सयले घटेर प्रतितोला १ लाख ९० हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । बिहीवार तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार घटेर प्रतितोला २ हजार ५ रुपैयाँमा कायम भएको छ ।