Dhulikhel Eco Banner new

एचआईडीसीएलको सीईओमा थापा नियुक्त

1.9K
shares

काठमाडौं, १९ जेठ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रजेश विक्रम थापा नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको जेठ १५ गते बसेको बैठकले थापालाई आगामी चार वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णय अनुसार उनलाई जेठ १६ गतेदेखि लागू हुने गरी पदभार दिइएको छ।

थापा ऊर्जा क्षेत्रको अनुभवी व्यक्ति मानिन्छन्। उनी अबको कार्यकालमा कम्पनीको रणनीतिक विकास, जलविद्युत् परियोजनामा लगानी विस्तार र दिगो ऊर्जा प्रवर्द्धनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।