Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.78K
shares

काठमाडौं, २२ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.९९ अंकले घटेर २,६४१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ९७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन बुटवल पावर कम्पनी र पियोर इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी सप्तकोशी विकास बैंकका लगानीकर्ताले ८.६१ प्रतिशतका दरले कमाएका छन् ।