Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.93K
shares

काठमाडौं, २६ जेठ । स्थानीय बजारमा सोमवार सुनको घटेको छ । सुनको मूल्य प्रतितोला १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार तोलामा १ लाख ९० हजार ७ सयमा कारोबार भएको सुनको मूल्य सोमवार तोलामा १ सयले घटेर प्रतितोला १ लाख ९० हजार ६ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतवार तोलामा २ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।