Dhulikhel Eco Banner new

हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

2.57K
shares

काठमाडौं, २७ जेठ । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ३१ हजार २३७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ।

उक्त शेयरको बिक्री मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।