Dhulikhel Eco Banner new

शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा

2.59K
shares

काठमाडौं, २७ जेठ । मुलुकको शोधनान्तर स्थिति पछिल्ला महिनाहरूमा सकारात्मक रहेको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा हेर्दा यो अवधिमा शोधनान्तर स्थिति ३ अर्ब २३ करोड डलरले बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा यो बचत २ अर्ब ९४ करोड डलर थियो।

शोधनान्तर खाता एउटा महत्वपूर्ण आर्थिक सूचक हो जसले मुलुकको बाह्य क्षेत्र कारोबारको स्थिति झल्काउँछ। मुलुकमा विदेशी मुद्रा भित्रिने दर बाहिरिने दरभन्दा बढी हुँदा शोधनान्तर खाता बचतमा रहने गर्छ ।

चालु खाता पनि उल्लेखनीय सुधारमा देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। अमेरिकी डलरमा यस वर्षको चालु खाता १ अर्ब ८९ करोड डलरले बचतमा छ, अघिल्लो वर्ष यो १ अर्ब ४५ करोड डलर थियो।

त्यसैगरी, यो अवधिमा कुल ८ अर्ब ४८ करोड रुपैयाँ बराबरको पूँजीगत ट्रान्सफर भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी १० महिनामा १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ।