काठमाडौं महानगरका मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी
वि.सं.२०८२ जेठ २९ बिहीवार १५:४९
shares

काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सार्वजनिक खरिद प्रक्रियाको उल्लंघन गर्दै बिना प्रतिस्पर्धा लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्।
महानगरको भवनमा करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट बिना टेन्डर, प्रतिस्पर्धा वा कोटेसन प्रक्रिया अपनाई जडान गरिएको दाबी गरेका छन्। उजुरीमा उल्लेख गरिएअनुसार, जडान गरिएको लिफ्ट विशेषतस् मेयर बालेन्द्र साहकै प्रयोगका लागि गरिएको हो भन्ने आरोप महानगरभित्रकै स्रोतलाई उद्धृत गर्दै लगाइएको छ।
आफूले नयाँ लिफ्ट जडान गरेकोप्रति विरोध गरेको नभई जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को अनुसार बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा अपारदर्शी खरिद गरेर अनियमितता गरेकाले आपत्ति रहेको सफलले पत्रमा उल्लेख गरेका छन्।

















