Dhulikhel Eco Banner new

शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.55K
shares

काठमाडौं, २९ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.०८ अंकले बढेर २,६५५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १२ अर्ब ५१ करोडको कारोबार भएको हो ।

शेयर बजारमा गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन रिभर्स फल्सका लगानीकर्ताले ६.९७ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ५.५८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, कर्पोरेट विकास बैंकका लगानीकर्ताले ५.०१ प्रतिशतका दरले गुमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ४.७० प्रतिशतका दरले गुमाएका छन् ।