Dhulikhel Eco Banner new

आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.52K
shares

काठमाडौं, १ असार । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले यी शेयरको बिक्रीमूल्य पतिकित्ता न्यूनतम २५० ताकेको छ। उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

तोकिएको समयसीमा भित्र कम्पनीका संस्थापक शेयरधनीबाट आवेदन नपरेमा वा सम्पूर्ण शेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्न सक्नेछ।

सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर बनेपा–१३ साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।