इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन– चालकहरुलाई सुनौलो अवसर
वि.सं.२०८२ असार ६ शुक्रवार १०:०४
shares

काठमाडौं, ६ असार । नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको हो ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।
जून १६ देखि जून २२ सम्म चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ। जुन २३ देखि इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन्। प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन्।
जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब (ट्याक्सी) चालकहरूको लागि टाटा एक्सप्रेस–टी इभी र बाइक राइडरहरूको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ।
क्याम्पेन तीन हप्तासम्म आयोजना हुनेगरि डिजाइन गरिएको छ। प्रत्येक हप्ता विजेताहरूको घोषणा गरिने र जुलाई १७ मा ग्राण्ड विनरको घोषणा गरिनेछ।


















