बजारमा पैसा फालाफाल, ६० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
वि.सं.२०८२ असार ८ आइतवार १०:५६
shares

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतवार एकैपटक ६० अर्ब तरलता तान्ने भएको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।
वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि राष्ट्र बैंकले ४२ दिन अवधिको ६० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता तान्न लागेको हो।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ। यो ४२ दिने निक्षेप संकलन उपकरणको साउन १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

















