Dhulikhel Eco Banner new

एसईई परीक्षा : कुन प्रदेशमा कति पास भए ?

2.34K
shares

काठमाडौं, १३ असार ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको तुलनामा यसपटक एसईईको नतिजामा सुधार आएको बताएका छन् । गत वर्ष ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।

बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । जसमध्ये एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी अनुतिर्ण भएका छन् । कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् ।

महाश्रम शर्माका अनुसार कोशी प्रदेशमा ४७ हजार ८३५ जना, मधेश प्रदेशमा ५९ हजार ७४९ जना, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकी प्रदेशमा ४७ हजार ८४९ जना विद्यार्थी एसईई पास भएका छन् । यसैगरि, लुम्बिनी प्रदेशमा ५७ हजार ६८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४५५ जना, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना उतिर्ण भएको बताए ।

यस्तै, विषयगत रूपमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् । गणितमा १ लाख २८ हजार २१५ जना अनुत्तीर्ण भएका छन् । त्यसपछि अङ्ग्रेजीमा ननग्रेडेड हुने विद्यार्थीको सङ्ख्या ८० हजार ६७२ जना रहेको कार्यालयले जनाएको छ ।

विज्ञान र प्रविधिमा ७९ हजार २७१ जना अनुत्तीर्ण, नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४ हजार ७३५ जना र सामाजिक शिक्षामा ५३ हजार १८६ अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।