Dhulikhel Eco Banner new

शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.44K
shares

काठमाडौं, १५ असार । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.०९ अंकले बढेर २,६२५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब १२ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.५७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन युनिलिभर नेपालका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन् भने पञ्चकन्या माइ हाइड्रोवारका लगानीकर्ताले ३.२० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, पियोरका लगानीकर्ताले ३.१९ प्रतिशतका दरले गुमाएका छन् भने बुटवल पावर कम्पनीका लगानीकर्ताले ३.०३ प्रतिशतका दरले गुमाएका छन् ।