Dhulikhel Eco Banner new

११ महिनामा करिब २ अर्ब रुपैयाँको अंगुर आयात

2.82K
shares

काठमाडौं, १६ असार । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा करिब २ अर्ब रुपैयाँबराबरको अंगुर आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि जेठसम्मको अवधिमा नेपालले १ अर्ब ८९ करोड रुपैयाँबराबरको ताजा अंगुर आयात गरेको हो।

यो अवधिमा देशले कुल २ करोड २९ लाख केजी ९२२ हजार ९ सय टन० अंगुर आयात गरेको देखिन्छ। अंगुर आयातमा भारत र चीन मुख्य स्रोत मुलुक बनेका छन्।

भारतबाट सबैभन्दा धेरै १ अर्ब ८१ करोड रुपैयाँ बराबरको अंगुर आयात भएको छ भने चीनबाट ८ करोड २५ लाख रुपैयाँ बराबरको अंगुर नेपाल भित्रिएको छ।

ताजा अंगुरसँगै सुकाएको अंगुर पनि उल्लेख्य मात्रामा आयात भएको छ। तथ्यांक अनुसार, ११ महिनामा करिब ३३ करोड रुपैयाँ बराबरको सुकाइएको अंगुर आयात भएको छ, जसले कुल अंगुरसम्बन्धी आयात २ अर्ब २२ करोड रुपैयाँ नाघेको संकेत गर्दछ।