Dhulikhel Eco Banner new

बजारमा पैसा फालाफाल, ४५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

2.61K
shares

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले असार २२ गते आइतवार फेरि बैंकिङ प्रणालीबाट ४५ अर्ब तरलता तान्ने भएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि ४५ अर्ब तरलता तान्ने भएको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।

यसका लागि आइतवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो ४२ दिने निक्षेप संकलन उपकरणको भदौ १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।