बैंकिङ कसूर मुद्दामा फरार रहेका दुई प्रतिवादी काठमाडौंबाट पक्राउ
वि.सं.२०८२ असार २४ मंगलवार १२:३१
shares

काठमाडौं, २४ असार । बैंकिङ कसूर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर खुमलटार निवासी ४९ वर्षीय अमित लाल जोशी र चन्द्रागिरी नगरपालिका–१३ बसोबास गर्दै आएका धादिङ धुनीबेशी नगरपालिका–२ का ४६ वर्षीय मधुकर लुईटेल छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं जिल्ला अदालतको अनुमति लिएर सोमबार अमितलाई कपुरधाराबाट र आइतबार मधुकरलाई काठमाडौं–२७ बाट पक्राउ गरेको हो।
पक्राउ परेका अमितलाई प्रहरी वृत्त जनसेवा र मधुकरलाई प्रहरी वृत्त गौशाला पठाइएको छ। दुबैजनामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।















