प्रतिकित्ता १ सयमै सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ असार २४ मंगलवार १२:२६
2.51K
shares
shares

काठमाडौं, २४ असार । सिटिजन्स बैंक इन्टनरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले १ हजार ११० कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको हो। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १ सयमै दिने गरी बिक्रीमा राखेको हो।
उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीबाट खरीदका लागि आह्वान गरिएकोमा तोकिएको म्यादसम्म सो शेयर बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला राखिएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको ३५ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।















