हिमालयन रिइन्स्योरेन्सको कायममुकायम सीईओको जिम्मेवारी मुकेश कुमार कपूरलाई
वि.सं.२०८३ असार ४ बिहीवार १२:२१
shares

काठमाडौँ, ४ असार । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मुकेश कुमार कपूरले पाएका छन् ।
असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका कपूरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल आर्थिक हिनामिनाको कसुरमा मुछिएसँगै हाल सम्पर्क विहिन अवस्थामा रहेको बुझिन्छ ।
उनीमाथी सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले कम्पनीको दैनिक काम कारवाहीमा असर नपर्ने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको हो ।















