नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ वर्षे अवधिको ऋणपत्र परिपक्व
वि.सं.२०८३ असार ४ बिहीवार १२:३३
897
shares
shares

काठमाडौँ, ४ असार । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले जारी गरेको ७ वर्षे अवधिको ऋणपत्र परिपक्व भएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंकले १० दशमलव ५ प्रतिशत ब्यादजर रहेको नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर नामको ऋणपत्र जारी गरेको थियो ।
प्रतिकित्ता १ हजार रुपैयाँका दरले जारी गरिएको २० लाख कित्ता ऋणपत्र असार ३ गतेपछि परिपक्व भएको हो । ऋणपत्र परिपक्क भएसँगै अब ऋणपत्रधनीहरुले पाकेको ब्याज सहित साँवा फिर्ता पाउनेछन् । यो ऋणपत्र धितोपत्र दोस्रो बजारमा समेत सूचीकरण रहेकोमा असार ३ गतेपछि भने सूचीकरण खारेज भएको छ ।















