सालपा विकास बैंकको ८६ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
वि.सं.२०८३ असार ४ बिहीवार १२:०२
1.21K
shares
shares

काठमाडौँ, ४ असार । सालपा विकास बैंक लिमिटेडको सामूहिक लगानी कोष तर्फको ८६ हजार १९४ कित्ता शेयरको लकइन अवधि यही असार २४ गते सकिंदैछ।
सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लागि बाँडफाँड गरिएको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ। सोही बमोजिम उक्त शेयर लकइनमा रहेको थियो। लकइन अवधि सकिएसँगै सो शेयर कारोबार गर्न सकिनेछ।















