Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

2.86K
shares

काठमाडौं,३० असार। सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि इन्फरमेसन सेक्युरिटी अफिसर, एएमएलरसिएफटी अफिसर, सेमी क्वालिफइड सिए र शाखा प्रबन्धक पदमा कर्मचारी माग गरेको हो।

उक्त पदमा आवेदन दिन कम्तीमा इन्फरमेसन सेक्युरिटी अफिसरको योग्यता कम्प्युटर विज्ञान वा सो सरहको संकायमा स्नातक वा सोभन्दा माथिको तह उत्तीर्ण गरेको हुनु पर्नेछ। त्यस्तै बैंक तथा वित्तीय संस्थामा पाँच वर्षको अनुभव भएको हुनु पर्नेछ।

एएमएलरसिएफटी अफिसरको योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइनेछ।

यस्तै, विकासरवाणिज्य बैंकमा न्यूनतम ५ वर्षको प्रासंगिक बैंकिङ अनुभव, सुपरिवेक्षकको रूपमा हालको वा पछिल्लो बैंकिङ अनुभव भएको हुनु पर्नेछ। उमेर हद ४० वर्ष तोकिएको छ।

इच्छुकले साउन ९ गतेसम्म आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।