Dhulikhel Eco Banner new

मोटरसाइकल दुर्घटनामा परी पत्रकार बस्यालको निधन

3.22K
shares

काठमाडौं, ३० असार । बर्दियामा मोटरसाइकल दुर्घटनामा परी पत्रकार कृष्णप्रसाद बस्यालको निधन भएको छ। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका बस्यालको आइतबार राति दुर्घटनामा परेर मृत्यु भएको हो।

प्रहरीका अनुसार बस्याल सवार बा.प्र. १३ प ९३६७ नम्बरको मोटरसाइकल कुसुम्बाबजारबाट गुलरिया जाँदै गर्दा राति करिब ८ बजे मधुवन नगरपालिका–८ स्थित गणेश चोक नजिक हुलाकी सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएको थियो। तर, उपचारकै क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको बेला बस्याल मोटरसाइकलको पछाडि सवार थिए। मोटरसाइकल चालक ४२ वर्षीय विष्णु पौडेलले साइकल यात्रीलाई जोगाउने प्रयास गर्दा सन्तुलन गुमाउँदा दुर्घटना भएको बताइएको छ। पौडेल पनि घाइते भएका छन् र हाल गुलरिया अस्पतालमा उपचाररत छन्।