शेयर बजारमा १२७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ साउन ८ बिहीवार १६:०५
shares

काठमाडौं, ८ साउन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.७६ अंकले बढेर २,९८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १८ अर्ब ४९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.२२ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ३.५८ प्रतिशतका दरले गुमाएका छन् भने ११ प्रतिशत महालक्ष्मी ऋणपत्र २०८९का लगानीकर्ताले ३.९६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ३.०९ प्रतिशतका दरले गुमाएका छन् भने समुद्धि फाइनान्सका लगानीकर्ताले ३.०६ प्रतिशतका दरले गुमाएका छन् ।



















