सामान्य अंकले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ साउन १९ सोमवार ११:०५
3.33K
shares
shares

काठमाडौं, १९ साउन । स्थानिय बजारमा सोमवार सुनको मूल्य सामान्य अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
आइतवार प्रतितोला १ लाख ९६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य सोमवार प्रतितोला १ सयले बढेर तोलामा १ लाख ९६ हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आइतवार २ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर २ हजार २५५ रुपैयाँ कायम भएको छ।

















