Dhulikhel Eco Banner new

बैंकिङ कसूरमा सिन्धुपाल्चोकका तामाङ र ललितपुरका राउत पक्राउ

3.25K
shares

काठमाडौं, १९ साउन । बैंकिङ कसूरमा २ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर चुँनारायण नगरपालिका–७ कमलबिनायक बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ घर भएका ३५ वर्षीय गणेश तामाङ पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले फरार रहेका जनकलाई गोकर्णेश्वर नगरपालिका–१ बिपि चोकबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका गणेशलाई भक्तपुर नगरपालिका–१० बाट प्रहरीले पक्राउ गरेको हो ।

जनकलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ भने गणेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।