Dhulikhel Eco Banner new

शेयर बजारमा १९७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.87K
shares

काठमाडौं, ५ भदौ । बिहीवार शेयर बजार ७.८१ अंकले घटेको छ । शेयर बजार ७.८१ अंकले घटेर २,७५९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको जनउत्थान सामुदायीक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.६५ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ४.५३ प्रतिशतका दरले गुमाएका छन् भने रिलायबल समृद्धि योजनाका ४.५३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी १० प्रतिशत नबिल ऋणपत्र २०८२का लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका छन् भने पञ्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले ३.०८ प्रतिशतका दरले गुमाएका छन् ।