Dhulikhel Eco Banner new

निरन्तर नयाँ रेकर्ड बनाउदै सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.21K
shares

काठमाडौं, १८ भदौ । स्थानिय बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य प्रतितोला २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलवार प्रतितोला २ लाख ५ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य बुधवार २ हजारले बढेर प्रतितोला २ लाख ७ हजार ९ सय कायम भएको हो ।

त्यस्तै बुधवार चाँदीको मुल्य भने ५ रुपैयाँले घटेको छ । मंगलवार २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधवार घटेर २ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ ।