Dhulikhel Eco Banner new

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

2.59K
shares

काठमाडौं, १८ भदौ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जी.ए.आर.एस ट्रेडिंग कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ ।
मंगलवार सम्पन्न उक्त उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रा.लि. का सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल, जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्तरुपमा समुद्घाटन गरेका हुन् । साथै उक्त समारोहमा स्थानीय समुदाय, व्यवसायिक प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो.ईभी, पञ्चईभी, नेक्सनके ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन्। त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्। पञ्चले नेपाली बजारमा सिटी एसयुभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डे ले भने, “यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं।”

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा.लि.को डिलर सेल्स विभागका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेलले भने, “धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं।” साथै सोहि कार्यक्रममा टाटाको गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।