Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, २१३ कम्पनीको शेयर मूल्यमा गिरावट

2.34K
shares

काठमाडौं, १८ भदौ । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १५.६४ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ७२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, लिबर्टी इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ६.९९ प्रतिशतका दरले गुमाएका हुन् ।