Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

1.65K
shares

काठमाडौं, १८ भदौ । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १५.६४ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ७२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन युनियन हाइड्रोपावरका लगानीकर्ताले ७.०३ प्रतिशतका दरले कमाएका छन् भने एनएमबि हाइब्रिड फन्डका लगानीकर्ताले ३.२७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, एनआइसि एशिया ब्यालेन्स फन्डका लगानीकर्ताले ३.१० प्रतिशतका दरले कमाएका छन् भने एभरेष्ट बैंक डिबेन्चर २०९१का लगानीकर्ताले २.९५ प्रतिशतका दरले कमाएका छन् ।