Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा वृद्धि

3.09K
shares

काठमाडौं, १९ भदौ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.५५ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब १४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.८३ प्रतिशतका दरले गुमाएका हुन् ।